स्व.रेणु तिमल्सिनाको निधनप्रति विभिन्न संघ संस्थाद्धारा दु:ख प्रकट

श्रावन २९ , रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाको श्रीमती स्व. रेणु तिमल्सिनाको निधनमा प्रभुत्व वर्ग र सामाजिक संघ संस्था बाट सम्वेदना प्रकट हुदै आएको छ ।

यसैबीच राम कुमार कोइराला स्मृति प्रतिष्ठानले आज स्वर्गीय रेणु तिमल्सिनाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै उहाको परिवारमा धैर्यधारण गर्न शक्ति मिलोस भनी कामना गरेको हो ।

यस्तै प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराजले समेत स्वर्गीय रेणु तिमल्सिनाको श्रीमान देब प्रसाद तिमल्सिनालाई भेटेका छन ।
स्वर्गीय रेणु तिमल्सिनाको किरीयामा उहाको श्रीमान देव प्रसाद तिमल्सिना आफै बसेको हो ।

स्वर्गीय रेणु तिमल्सिनाको आत्माको चिर शान्तिको कामना गर्दै राम कुमार कोइराला स्मृति प्रतिष्ठान परिवारले दुखद घडिमा रहेका श्रीमान देव प्रसाद तिमल्सिना छोरिहरु तृष्णा, तृप्ती र आस्था लगायत परिवार जनमा धैर्य धारणा गर्ने क्षमता मिलोस भनी प्रथाना गर्दै गहिरो सम्वेदना प्रकट गरेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय