नेपाल मास्क अभियान सुरु हुँदै

श्रावण २३, २०७८ | काठमाडौं

कोरोना संक्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि भन्दै सरकारले आजबाट देशव्यापी रुपमा मास्क अभियान सञ्चालन गर्दैछ । मास्कको सही प्रयोग र सबैले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने गरी सचेतना अभियान सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञको चेतावनीका बावजुद माक्स नलगाउनेको संख्या बढ्दै गएकोले सो अभियानको आवश्यकता परेको मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक राधिका थपलियाले बताउनुभयो । आज अपरान्ह १ बजे सुरु हुने अभियान आगामी शुक्रबारसम्म जारी रहनेछ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय