महोत्तरीमा पाँच वर्षीय बालकको शव फेला, हत्याको आशंका, आमाबुबा सम्पर्क विहीन

जनकपुर
श्रावन

महोत्तरीमा एक पाँच वर्षिय बालकको शव परालले छोपेको अवस्थामा फेला परेको छ ।जिल्लाको रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर बस्ने चन्द्र किशोर यादवका छोरा रितेश कुमार यादवको शव फेला परेको हो ।बालकको शव घरबाट ४० मिटरको दुरीमा रहेको बगैचामा परालको थुप्रोले छोपेको अवस्थामा बिहीबार फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । बालकको शव पोस्टमार्टमका लागि  बिहीबार प्रदेशिक अस्पताल जनकपुर पठाएको छ । उनले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे सत्य तथ्य खुल्ने बताए ।स्थानीयबासिन्दाले बालकको हत्या भएको बताएका छन् ।बालकको कान्छी आमा रागनी र बुबा चन्द्र किशोर समेत सम्पर्क विहीन रहेका छन् । हराएका छोरा खोज्न भन्दै एका दुबैजना बेपत्ता रहेको स्थानीयले बताएका छन् ।चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसंग मागिं विहे भएकोमा पहिलो श्रीमतिबाट दुई छोरा रहेकोमा चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासंग दोस्रो विहे गरेका थिए ।यता रागनीसंग विहे भएपछि परिवारमा खटपट हुदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा दिई माईत गएकि थिइन् । दुई मध्ये जेठो छोराको शव शंकास्पद अवस्थामा भेटिएपछि स्थानियले आफन्तबाटै हत्या गरिएको आशंका गरेका छन् ।यता चन्द्र किशोरका अर्का तिन वर्षिय छोरा घरमै हजुर आमासंग रहेका छन् । उनले बालकको मृत्यु शंकास्पद रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय