श्रावन,१३
कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए ।
गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण देखिनुभन्दा पहिला मधुमेह र प्यांक्रियाटिटिजको समस्या देखिएको थियो ।अस्पतालमा सबैभन्दा लामो समय बस्ने बिरामी रहेका हन्टलाई परिवारले आशा मारिसकेका थिए । तीनपटक उनीहरु अन्तिम बिदाइको लागि अस्पताल आएका थिए । पेशाले शिक्षक हन्टलाई भेन्टिलेटरमा राखिएको थियो र डाक्टरहरुलाई पनि अब उनी बाँच्छन् भन्ने लागेको थिएन ।



