सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा डुबेर एके परिवार ३ जनाको मृत्यु

 

 

राम नारायण साह
सर्लाही , साउन १३ गते ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा डुबेर एके परिवार ३ जनाको मृत्यु भएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ३ भेल्हीमा एक महिला र उनका दुई सन्तानको शव शव फेला परेको छ।स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, उनका १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए।

गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। रिकेवादेवीको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन्।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर फर्किएका छैनन्। उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनीहरुको आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय