साउन ७, सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।वेपत्ता भएका उनलाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको बुढाथोकीको भनाइ छ ।



