मलंगवा भन्सारले उठायो ३४ करोड राजस्व

श्रावण ६
मलंगवा
सर्लाही भन्सार कार्यालय, मलङ्गवाले लक्ष्य भन्दा १७६ प्रतिसत बढी राजस्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको हो । जुन लक्ष्य भन्दा १७६ प्रतिसत बढी हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर त्यति राजस्व सङ्कलन गरिएको भन्सार अधिकृत राजेश कुमार दत्तले बताए ।मलङ्गवा भन्सार नाका हुँदै भारतबाट आयात मात्रै हुन्छ । यताबाट केही पनि निर्यात हुने गरेको छैन् ।कोरोना सङ्क्रमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय