राजिव शाह
सर्लाही,असार
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ डीएसपी माधव प्रसाद बुढाथोकीलाई संचारकर्मीद्वारा स्वागत गरेका छन् ।
डीएसपी बुढाथोकी जिल्ला प्रहरी कार्यालयमा मंगलवार देखि कार्यभार सम्हालेका छन् । उहाँलाई मंगलबार रेडियो मलंगवाका स्टेशन म्यानेजर अरोज यादब र माउन्टेन टेलिभिजन एवं रेडियो समाचार प्रमुख राजिव शाहले स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी मदन कुँवरलाई ईलाका प्रहरी कार्यालय बुटवल सरुवा गरेर अर्घाखाँचीमा रहेका डीएसपी बुढाथोकी सोमबार सर्लाही आउनुभएको थियो ।



