सर्लाही,असार २१
सर्लाहीको गोडैता न.पा.३ सिमरा भगवतिपुर स्थित बगी नदिमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सर्लाहीको गोडैता न.पा.३ सिमरा भगवतिपुर बस्ने सुरेन्द्र हजारीको छोरी.बर्ष १३ कि रिभा हजारी नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बेपता भएको खबर प्राप्त हुनासथ प्रहरी टोलीले आइतबार घटनास्थल देखि ५०० मिटर दक्षिण उक्त नदिको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले बालिकाको शब पोस्मार्तमको लागी जिल्ला अस्पताल मलंगवातर्फ पठाईएको छ ।



