अनिल कुशवाहा | महेन्द्रनगर,
धनुषा मिथिला विहारी नगरपालिकामा नगरबाट मन्यता प्राप्त कोटा परेको सहकारीको नाममा सहुलियत दरमा लिएको मलखाद्य अर्को सहकारीलाई दिएको रहस्य खुलेको छ । मिथिला विहारी नगरपालिकाले सहुलियत दरमा कृषि सामाग्री केन्द्रमार्फत नगरपालिकाका जनताहरुलाई सहुलियत दरमा विक्री वितरण गर्न सहकारीलाई दिएको मल, सहकारीले आफु राजीखुशी सयौ बोरा खाद्य अर्को सहकारीलाई दिएको रहस्य खुलेको छ ।
मिथिला विहारी नगरपालिकाका उपप्रमुख अनिता साहले कृषि सामाग्री केन्द्रबाट सर्वसाधारण जनताहरुलाई सहुलियत दरमा विक्रीका लागि ल्याएको मल, व्यक्तिलाई दिएको रहस्य अनुगमनको क्रममा पाएको जनाएको छ । उपप्रमुखलगायत संचारकर्मीहरुको टोली अनुगमनको क्रममा मिथिलाविहारी नगरपालिका–४ कजरा रमौलस्थित श्री मनोकामना कृषि सहकारी संस्था पुग्दा सो रहस्य खुलेको हो ।
मनोकामना कृषि सहकारी संस्थाले विहिवार कृषि सामाग्रीबाट पाँच सय बोरा मल खरिद गरेको छ । पाँच सय बोरा खरिद गरिएकोमा २५० बोरा मल मिथिला विहारी नगरपालिका–५ ललिया बस्ने महेश मण्डलको नाममा विचारधिन अवस्थामा रहेको सहकारीलाई बेचेको रहस्य खुलेको छ । मनोकामना कृषि सहकारीको विलमा पाँच सय बोराको रकम तिरिएको भएपनि उनको गोदाममा अनुगमन गर्दा २५० बोरा मात्रै भेटिएको र खरिद गरिएको बिल नराखेको पाइएको उपप्रमुख अनिता साहले बताए ।
अनुगमनकै क्रममा मिथिला विहारी नगरपालिका–१० माँ भगवती कृषि सहकारी संस्थाले खरिद गरेको मलमध्ये २५० बोरा वडा नं. ९ का एक व्यक्तिलाई बेचेको पाइएको छ । डिलरको मान्यता नपाएकालाइ सहकारीको नाममा जनताका लागि सहुलियत दरमा खरिद गरेको मल नगर प्रमुख अनिल यादव र कृषि शाखा प्रमुख गोविन्द यादवले व्यक्तिहरुलाई दिन लगाएको रहस्य खुलेको छ ।



