सर्लाही,असार१४
सेभ द चिल्ड्रेन र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रको सहजिकरणमा गौडेता नगरपालिकाको सबै वडाहरुमा राष्ट्रिय वृक्षारोपण दिबस मनाईएको छ । गौडेता नगरपालिकाको १२ वटा वडाहरुमा रहेका वडा कार्यालय, बिधालयहरु, तथा स्वास्थय संस्थाहरुमा बालबालिका, किशोरकिशोरी, अभिभावक, राष्ट्रिय रोजगार प्रबद्र्धन केन्दका कर्मचारीहरु, जनप्रतिनीधि, वडा अध्यक्षहरु, र नगरप्रमुख देबेन्द्र कुमार यादब को सहभागितामा राष्ट्रिय वृक्षारोपण दिबस मनाइएको हो । वृक्षारोपण दिबस को अवसरमा गौडेता ६ मा रहेको रामजानकि आधारभुत बिधालयमा वृक्षारोपण गर्दै नगरप्रमुख देबेन्द्र कुमार यादबले रुखबिरुवाको महत्व मानवको जिवनमा धेरै रहेको हुनाले अहिलेका बालबालिकाहरु, किशोरकिशोरीहरु तथा सबै जनाले वृक्षारोपणको महत्व बुझनुपर्ने बताउनु भयो । सेभ द चिल्ड्रेन, राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र र गौडेता नगरपालिकाको सहजिकरणमा वडा कार्यालय, बिधालयहरु, तथा स्वास्थय संस्थाहरुमा ३० महोगनी, ३० अशोक १५० बोट,२० मयुरपंख, ३० पेल्टोफोरम, १० क्रोपटन, १० डके्रन्डा र ३० अर्जुन जातका बिरुवाहरु रोपिएको छ ।



