मोरङमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

मोरङको सुनबर्सी नगरपालिका–४ मा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवनपछि विवाद हुँदा ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरिया पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङका अनुसार दयालुले शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला वृद्ध बुवालाई ढुङ्गाले हानेको खुलेको छ ।ढुङ्गा प्रहारपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । कोशी अस्पतालले अन्यन्त्र रेफर गरेको थियो । तर आफन्तले खर्च अभावका कारण अस्पताल नलगी घर फर्काएका थिए ।टिनतालको आइतबार बिहान साढे ५ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।छोराले मादक पदार्थ सेवन गरेर राति होहल्ला गर्न थालेपछि बुबाले सम्झाउन खोज्दा विवाद भएको थियो । विवादपछि दयालुले बुबा सुतेको ओछ्यानमा ढुङ्गाले प्रहार गरेको प्रहरीले बताएको छ ।

स्रोत -अनलाईन खबर

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय