सर्लाही,असार ११ | बसबरिया गाउँपालिकाको आगामी आ.व. ०७८।०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागी पाँचौ नगर सभाको उद्घाटन समारोह सम्पन्न भएको छ । बिहीवार पालिका प्रमुख रामअजोधी रायको अध्यक्षता र नव– युवा खेलकूद मंत्री माननीय वीरेंद्र सिंह को प्रमुख–– आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसांसद संजय यादव र पूर्व संघीय–सभासद किरण देवी रायको आतिथ्यता रहेको थियो। बसबरिया गाउँपालिकाको आगामी आ.व. ०७८।०७९ को साथै प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले लाई बधाई तथा स्वागत गर्दै कार्यक्रम अगाडि बाढाईयको थियो सो कार्यक्रम मा सभापति गाउँपालिका प्रमुख ,राम अयोध्याले आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरेको हो । यसैगरी कार्यक्रमबाट विभिन्न क्षेत्रकामा योगदानको कदर गर्दै पाचौं गाउँ सभाको अवसर पारेर बाट सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको कार्यक्रममा सहभागी निकेस त्रीपाठीले जानकारी दिए । कार्यक्रममा महिला बालबालिका युवा खेलकूद मंत्री वीरेंद्र सिंह, प्रदेशसांसद संजय यादव पूर्व संघीय–सभासद किरण देवी रायको र प्रहरी नायब उपरीक्षक उद्धव सिंह भांट लगायत गाउँपालिकका सदस्य , वडा अध्यक्ष लगायत विभिन्न बुधिजिबी समाजसेबी, पत्रकार ,सुरक्षाकर्मी,विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।



