सीमामा अवैध केराको बिरुवा बरामद, झण्डै साढे ७ लाख बराबरको सामान क्वारेन्टाइन कार्यालयमा बुझाइयो

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित झिलिमिली माई सीमा ईलाकाबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको उन्नत जातको केराको बिरुवा सशस्त्र प्रहरीले बरामद गरेको छ।

सोमबार बिहानको समयमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मलंगवाबाट सप्रनाउ विष्णु अधिकारीको कमाण्डमा खटिएको ५ जनाको मोबाइल गस्ती टोलीले उक्त बिरुवा नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीलाई देख्नासाथ बिरुवा छाडेर अज्ञात व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको ३ क्यारेटमा रहेको करिब ७,५०० वटा उन्नत जातको केराको बिरुवाको बजार मूल्य करिब रु. ७,५०,००० बराबर रहेको अनुमान गरिएको छ।

नियन्त्रणमा लिइएका ती बिरुवाहरू आवश्यक कारबाहीका लागि जिल्ला प्लान्ट क्वारेन्टाइन कार्यालय, मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय