मलंगवामा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर, थाइराइड र मधुमेह परीक्षण

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल प्रहरीका कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा थाइराइड तथा मधुमेह रोगको परीक्षण गरिएको हो।

तिरुपति बालाजी अस्पताल प्रालि., मलंगवाको आयोजनामा सम्पन्न शिविरमा सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालले जनाएको छ। शिविरमा थाइराइड परीक्षणअन्तर्गत टी–३, टी–४, टीएसएच तथा मधुमेह परीक्षणका लागि आवश्यक नमुना संकलन गरिएको थियो।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा प्रहरी कर्मचारीसँगै सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहेको बताइएको छ।

कार्यक्रमको समन्वय जेसीआई मलंगवाले गरेको थियो। शिविरबारे जानकारी दिँदै जेसीआई मलंगवाका उपाध्यक्ष सुभाष गुप्ताले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए।

अरोज यादव

लेखकको बारेमा

अरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय