रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित रंगेहात पक्राउ

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रौतहट जिल्ला अदालतमा कार्यरत एक डिठ्ठालाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गौरस्थित अदालतका डिठ्ठा लवकुमार सिंह रहेका छन्।
आयोगका अनुसार सिंहले अदालतको फैसलाअनुसार दर्ता–खारेज पुर्जी मिलाइ जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। सोही उजुरीका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अदालत परिसरबाटै पक्राउ गरेको हो।
सिंहको साथबाट घुस रकमसहित एक थान मोबाइल पनि बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय