सर्लाही । जेनजी आन्दोलनका बेला रौतहटको गौर कारागारबाट फरार भएका एक कैदीबन्दीलाई सर्लाहीको ईश्वरपुरबाट पक्राउ गरिएको छ।
जवरजस्तीकरणी मुद्दामा कैद भुक्तानी गरिरहेका रौतहटको दुर्गा भगवती गाउँपालिका–५, बडहर्वा टोलका २९ वर्षीय दीपेश साह भन्ने शेरु साह गत भदौ २४ गते कारागारबाट फरार भएका थिए। फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंह को नेतृत्वमा खटिएको टोलीले ईश्वरपुर नगरपालिका–६, बयलवास क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनी जवरजस्तीकरणी मुद्दामा अदालतबाट १२ वर्ष कैद सजाय पाएका थिए र गौर कारागारमा रहँदा तीन वर्ष नौ महिना कैद भुक्तानी गरिसकेका थिए।
पक्राउ परेका साहलाई थप कैद भुक्तानीका लागि गौर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी सरोज राई ले जानकारी दिएका छन्।



