काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाल काठमाडौंका सीडीओ रहेका बेला २३ भदौमा भएको आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा विवादमा आएका थिए। सो घटनालाई लिएर उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ।
यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत रहँदा पनि उनीमाथि विभिन्न आरोप लागेका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा रिजालले कर्मचारी सरुवा तथा पदस्थापनामा अनियमितता गर्दै अध्यागमन जस्ता आकर्षक कार्यालयहरूमा पठाउँदा पेशागत आचरणविपरीत काम गरेको आरोप छ।
अख्तियारले विशेष अदालतमा दायर गरेको विवरणअनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान जारी छ। यस प्रकरणमा गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईसँग सम्बन्धित अस्वाभाविक गतिविधि र विभिन्न विवरणमाथि समेत छानबिन भइरहेको जनाइएको छ।
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, भ्रष्टाचार र गोलीकाण्ड दुवैमा अनुसन्धान
ताजा समाचार
लोकप्रिय
© 2026 Pradesh Diary | All Right Reserved | Privacy Policy
Designed by: ProTech



