सर्लाही। सर्लाहीमा मतदातालाई रकम वितरण गरिरहेको आरोपमा राष्ट्रिय मुक्ति पार्टी नेपाल निकट एक कार्यकर्ता पक्राउ परेका छन्। उक्त पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको दलसँग आवद्ध व्यक्तिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको हो।
हरिपुर्वा नगरपालिका–२ निवासी ६५ वर्षीय पुरुषोत्तम यादवलाई गएराति मतदातालाई नगद रकम बाँड्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बल को टोलीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद भएको छ। उनलाई हाल हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सरोज राईले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा गम्भीरतापूर्वक छानबिन भइरहेको बताएका छन्।



