मतदान केन्द्रमै ढलेका मतदान अधिकृतको उपचारका क्रममा मृत्यु

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा खटिएका मतदान अधिकृतको उपचारका क्रममा मृत्यु भएको छ ।

रौतहटको माधव नारायण नगरपालिका –६ घर भई बरहथवा नगरपालिका –५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत ४२ वर्षीय सिनियर अहेव रघुनाथ महतो जिगडवा मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए ।

फागुन १९ गते मंगलवार दिउँसो करिब २ बजे मतदान केन्द्रमै उनी अचानक बेहोस भई ढलेका थिए । सहकर्मीहरूले तत्कालै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए ।

अस्पतालमा चिकित्सकले जाँच गर्दा दिउँसो करिब २:३० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय