सर्लाहीमा चुनावी समयमा गोलीकाण्ड: सव ईन्जिनियर प्रमोद यादवको निधन

सर्लाही । चुनावको संवेदनशील समयमा सर्लाहीमा दुःखद घटना भएको छ। पुर्वाधार कार्यालयका सब–इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार भएको घटनामा उनलाई प्रादेशिक अस्पताल मलंगवाले मृत घोषणा गरेको छ।
लोकतन्त्रको उत्सव मानिने चुनावको समयमा यस्ता हिंसात्मक घटना हुनु अत्यन्तै गम्भीर र निन्दनीय रहेको छ। यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ र आम नागरिकमा त्रास सिर्जना गरेको छ।
स्थानीय बासिन्दा र राजनीतिक नेतृत्वले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। शान्ति, सुरक्षा र निष्पक्ष चुनावी वातावरण कायम राख्नु अहिले सबैको प्राथमिकता भएको छ।
यो घटनाले सर्लाहीमा चुनावी सुरक्षा सुनिश्चित गर्ने आवश्यकता अझ बढाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय