सर्लाहीमा इजाजत प्राप्त हातहतियार १५ दिनभित्र बुझाउन प्रशासनको निर्देशन

सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सर्लाहीमा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाही ले सूचना जारी गर्दै सर्लाही जिल्लाभित्र इजाजत प्राप्त हातहतियार धनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हातहतियार बुझाउनुपर्ने जनाएको छ।
२०८२ साल फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको प्रशासनको भनाइ छ। बुझाइएका हातहतियार निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीले फिर्ता पाउने गरी सुरक्षित रूपमा राखिने पनि सूचनामा उल्लेख छ।
तोकेको समयसीमाभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गरी कानुनी कारबाही अघि बढाइने चेतावनी प्रशासनले दिएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय