नबलपुर – मलङ्वा ३३ केभी लाइन स्तरोन्नतिका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने

मलङ्वा । नबलपुर–मलङ्वा ३३ केभी विद्युत् लाइनमा कन्डक्टर अपग्रेडिङ पुरानो तार हटाई नयाँ तार जडान गर्नुपर्ने भएकाले मलङ्वा वितरण केन्द्रबाट आपूर्ति हुँदै आएका क्षेत्रहरूमा केही दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण मलङ्वा वितरण केन्द्रका अनुसार १४ गते सोमबारदेखि १६ गते शुक्रबारसम्म उक्त लाइनबाट विद्युत् आपूर्ति हुने सम्पूर्ण क्षेत्रहरूमा हरेक दिन बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ ।

कार्य तोकिएको समय अगावै सम्पन्न भएमा वा कुनै कारणवश काम स्थगित भएमा सोहीअनुसार विद्युत् सेवा सुचारु गरिने पनि जानकारी दिइएको छ ।

मलङ्वा वितरण केन्द्रले विद्युत् प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन तथा सूचनाअनुसार सहयोग गर्न सबै ग्राहकवर्गलाई आग्रह गरेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय