सर्लाही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता अभनिश कुमार यादव को नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस गरेको छ। बुधबार बसेको क्षेत्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै यादवको नाम अघि सारेको हो।
बैठकले समानुपातिकतर्फ विभिन्न समुदाय र समूहको प्रतिनिधित्व हुने गरी ६ जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा अन्जु कुमारी बैठा, राम सखी देबी पासवान, सिता देबी माझी, अनिता देबी यादव, निलम देबी यादव र रामबाबु दास रहेका छन्।
यसैगरी, राष्ट्रियसभातर्फ दलित र मधेशी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राम सोगारथ महरा, शम्भु पासवान हजारी र हरि सहनी को नाम सिफारिस गरिएको छ। वर्तमान राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दै जनअपेक्षालाई सम्बोधन गर्न सक्ने उम्मेदवारका रूपमा उनीहरूलाई अघि सारिएको पार्टीले जनाएको छ।



