हरिपुर्वा प्रहरी चौकीको नयाँ भवन निर्माणको औपचारिक सुरुवात, ३ करोड रुपैयाँ बजेट विनियोजन

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा प्रहरी चौकी हरिपुर्वाको आफ्नै भवन निर्माणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। स्थानीय शुभकरण रायले करिब १५ वर्षअघि प्रहरी कार्यालय निर्माणका लागि प्रदान गरेको तीन कठ्ठा जग्गामा सोमबार भवनको शिलान्यास गरिएको हो।

इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले विधिवत रूपमा शिलान्यास गर्दै लामो समयदेखिको आवश्यकता अब पूरा हुन लागेको बताए। उनका अनुसार भवन निर्माणका लागि गृह मन्त्रालयबाट ३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित भइसकेको छ।

हालसम्म आफ्नै भवन नहुँदा प्रहरी चौकी हरिपुर्वा हरिपुर्वा बजारस्थित धर्मशालाबाट सेवा दिँदै आएको थियो। नयाँ भवन बनेपछि प्रहरी सेवाको पहुँच, सुरक्षा व्यवस्थापन र कार्यालय सञ्चालनमा सहजता आउने विश्वास गरिएको छ।

यसअघि दुई दिनअघि मात्रै सोही नगर क्षेत्र अन्तर्गत प्रहरी चौकी मधुवनगोठको भवन पनि शिलान्यास भइसकेको छ, जसले नगरमा सुरक्षा संरचना विस्तार भइरहेको संकेत गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय