छलफलविनै उम्मेदवार सिफारिस गरिएको आरोप, सर्लाही–४ मा कांग्रेसभित्र चर्कियो विवाद

सर्लाही । नेपाली कांग्रेसका महासमिति सदस्य तथा इन्जिनियर डा. राजेश्वर सिंहले सर्लाही क्षेत्र नं. ४ बाट भएको उम्मेदवार सिफारिस प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन्।

बिहीबार सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा उनले क्षेत्रीय कार्य समिति भेलामा आफ्ना कुरा सुनुवाइ नै नभएको गुनासो गरे। क्षेत्र नं. ४ बाट उम्मेदवारीका लागि निवेदन दिन खोज्दा क्षेत्रीय सभापति रामआश्रय साह, कार्यवाहक जिल्ला सभापति डा. सरोज तथा निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले बेवास्ता गरेको उनको आरोप छ।

डा. सिंहका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया छलफलविहीन र अन्यायपूर्ण ढंगले अघि बढाइएको छ। पार्टी केन्द्रीय कार्य समितिले प्रदेश तथा पालिकास्तरका जनप्रतिनिधिको नाम सिफारिस नगर्न दुई पटक परिपत्र जारी गरे पनि प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको नाम सिफारिस गरिनु नियमविपरीत रहेको उनले बताए।

बरहथवा नगरपालिका–४, हजरियाका निवासी सिंहले यस विषयमा प्रदेश कार्य समिति र केन्द्रीय समितिसम्म औपचारिक निवेदन लिएर जाने स्पष्ट पारेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय