राजमार्गमै आगो लगाउने पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दीमा आज साँझ पेट्रोल छर्केर आत्मदाह प्रयास गर्ने एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर अगाडि करिब ५०–५५ वर्षका देखिने पुरुषले राजमार्गमै आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। स्थानीयले तत्काल पानी र बालुवा हालेपछि आगो निभाए पनि उनको शरीर करिब ९० प्रतिशत जलेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामै उनलाई सिटी केयर अस्पतालमा प्राथमिक उपचार दिइएपछि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। राति २:१० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले पुष्टि गरेका छन्।

घटनास्थलमा भेटिएको मोबाइलमा ‘सूर्य पोखरेल’ नामको फेसबुक आइडी लगइन अवस्थामा भेटिएको थियो। पछि मृतक मोरङका धनप्रसाद पोखरेलका करिब ५५ वर्षीय छोरा सूर्यप्रसाद पोखरेल भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय