भरत तालमा भारतीय पर्यटकमाथि कुटपिटः टोले गुण्डाबाट रङ्दारी, पार्किङमा धान्धली र दोब्बर असुली

सर्लाही । बागमती नगरपालिकाको पर्यटकिय गन्तव्य भरत तालमा भारतीय पर्यटकमाथि कुटपिट तथा जबर्जस्ती रकम असुली गरिएको घटना सार्वजनिक भएको छ। बिहिबार बिहान ६ बजेर ४० मिनेट जाँदा बागमती–११ स्थित प्रवेशक्षेत्रमा भारतीय नम्बर प्लेट भएको गाडी रोकिएको देखेपछि केही व्यक्तिहरूले रङ्दारी शैलीमा चालक र यात्रुसँग पैसा मागेको स्थानीय दिपक खड्काले बताए।

उनका अनुसार पर्यटकहरूले बिना कारण रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिहरूले गाली–गलौज गर्दै कुटपिटमा उत्रिएका थिए। घटनाको भिडियोमा समेत पर्यटकलाई लखेट्दै कुटपिट गरिरहेको दृश्य स्पष्ट देखिन्छ।

टोले गुण्डाको दहशत, पर्यटन स्थल बदनाम

स्थानीय मनजू तामाङ भन्छिन्, “यहाँका टोले गुण्डाहरुका कारण कर्मैया र भरत ताल दुवै क्षेत्र बदनाम हुँदै गइरहेका छन्। पर्यटक त्रसित भएर फर्कनुपर्ने अवस्था छ, जुन निकै दुःखद छ।”

स्थानीयहरूका अनुसार विगत केही महिनादेखि केही व्यक्तिहरूले भरत ताल क्षेत्रलाई कमाईको ‘आशान’ बनाउँदै पर्यटक र बाहिरबाट आएका गाडी चालकलाई विभिन्न बहानामा झुक्याउने, धम्क्याउने र रकम असुल्ने कार्य नियमित रुपमा गर्दै आएका छन्।

पार्किङको नाममा दोब्बर असुली, धान्धली चरम

भारतीय पर्यटकहरूले पार्किङ शुल्कमा ठूलो धान्धली भइरहेको आरोप पनि लगाएका छन्। तोकिएको शुल्कभन्दा दुब्बर रकम जबर्जस्ती असुल्ने, बिल नदिने र भारतबाट आएको थाहा पाउने बित्तिकै थप रकम माग्ने प्रवृत्ति व्यापक रहेको उनीहरू बताउँछन्।

एक भारतीय पर्यटकले भने, “हामी भारतबाट आएको थाहा पाउने बित्तिकै बिना बिल दोब्बर पार्किङ शुल्क असुल्थे। पैसा नदिए गाली गर्दै डर देखाउँथे।”

स्थानीयवासीले भरत तालमा गतिविधि सञ्चालन गरिरहेका टोले समूह, पार्किङ असुलकर्ता र रङ्दारी गर्ने व्यक्तिमाथि कडा प्रहरी कारबाहीको माग गरेका छन्।

उनीहरूको भनाइमा, “यसरी तस्करी, रङ्दारी र गुण्डागर्दी बढ्दै गए भरत ताल जस्तो सुन्दर तालको पर्यटन विकास असम्भव हुन्छ।”

प्रहरीलाई घटना छानबिन गरी संलग्न व्यक्तिहरूमाथि उचित कारबाही गर्न स्थानीय र पर्यटक दुवैले आग्रह गरेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय