मधेशमा सत्ता– द्वन्द्वको उग्र रूप : कार्यालयभित्रै कर्मचारी कुटपिट

जनकपुर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले सोमबार एकाएक हिंस्रक मोड लियो। असन्तुष्ट दलका नेता–कार्यकर्ताहरू मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यकक्षमै पसेर तोडफोडसँगै कर्मचारीमाथि हातपात गर्न पुगे।

भिडमा रहेका एक पुरुष कर्मचारीले कागजात जोगाउन खोज्दा उनीमाथि मुक्कामुक्की गरिएको भिडियो सार्वजनिक भएको छ। फाइल भुइँमा झर्दै गर्दा साथमा रहेका अर्को सहकर्मीले उनलाई कसो–कसो भीडबाट बाहिर निकालेको दृश्यले अवस्था कति तनावग्रस्त भए पनि झल्कायो।

यसैबीच, प्रदर्शनकारीहरूले मधेश भवन अगाडि टायर बालेर आक्रोश पोखेका छन्। सम्भावित थप घटनालाई रोक्न सुरक्षा निकायले आसपासको क्षेत्र कडाइका साथ नियन्त्रणमा लिएको छ।

राजनीतिक रस्साकस्सीसँगै प्रशासनिक काम काज ठप्पजस्तै हुँदै गएको मधेशमा अब समाधानको बाटो कता मोडिने हो—सर्वत्र चासो बढेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय