मुख्यमन्त्री नियुक्तिमा असन्तुष्टि : मधेसमा झण्डा फालिँदै कार्यालयमा तोडफोड

जनकपुर । मधेस प्रदेशमा सत्ता–समीकरणको तनाब सडकदेखि सरकारको ढोका भित्रसम्म प्रवेश गरेको छ । सोमबार सात पार्टीका नेता – कार्यकर्ताहरूको एक समूहले मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्दै कार्यकक्षमा तोडफोड गरेका छन् । कांग्रेस, जसपा, लोसपासहितका नेताहरूको सहभागितामा भएको प्रदर्शनले प्रशासनिक कामकाज समेत अवरुद्ध बनेको छ ।

आन्दोलनकै क्रममा कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंहले कार्यालयमा रहेको नेपालको राष्ट्रिय झण्डा निकालेर फालेको घटना राजनीतिक विद्रोहको प्रतीकको रूपमा हेरिएको छ ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका सात दलले प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको तत्काल राजीनामाको मागसमेत राखेका छन् । काठमाडौँ जाने तयारीमा रहेको बताएकी भण्डारीले यतिबेला होटलमै यादवलाई शपथ ग्रहण गराएकी थिइन्, जसले थप विवाद चर्काइदिएको छ ।

मधेसको सत्ता सङ्कट अब केवल संसदमा सीमित नभई सडक, कार्यालय र संवैधानिक संरचना सबै तहमा फैलिएको देखिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय