सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, अर्का घाइते

सर्लाही । सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का व्यक्ति घाइते भएका छन्।

बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको ज १ त ६२०३ नम्बरको आलु–प्याज लोड ट्र्याक्टर र सोही दिशा तर्फ गइरहेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएका थिए । तर, डाक्टरले उनलाई साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलमा पछाडिबाट सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन् । उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याएको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलमा हेम्पुर पचगछिया अस्थायी प्रहरी पोष्ट, हरिपुर, चक्रघट्टा र जिल्ला प्रहरी कार्यालय सर्लाहीका टोलीहरूले संयुक्त रूपमा उद्धार र अनुसन्धान कार्य गरेको जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय