सर्लाही । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले शान्ति सुरक्षा सुदृढीकरणका लागि विशेष गस्ती अभियान सञ्चालन गरेको छ ।
प्रहरीका अनुसार चाडपर्वको समयमा हुनसक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाट जस्ता कुनै पनि अवाञ्छित घटना रोकथाम गर्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको हो ।
संयुक्त गस्ती टोलीले ब्रह्मपुरी, चन्द्रनगर र पर्सा गाउँपालिका क्षेत्रका मुख्य सडक, बजार तथा बस्ती क्षेत्रमा पैदल र सवारी गस्ती गरी सुरक्षा निगरानी कडा पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले चाडपर्वमा सर्वसाधारणले निडर भएर पर्व मनाउन सकून् भनेर सुरक्षामा कुनै कमी हुन नदिइने स्पष्ट गरेको छ ।



