अपराध नियन्त्रणदेखि आन्दोलन व्यवस्थासम्म : ‘महिनाको उत्कृष्ट प्रहरी’ बने जटाशंकर यादव

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुखको रूपमा कार्यरत रहँदै यादवले अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम र लागुऔषध नियन्त्रणमा उल्लेखनीय योगदान दिएका हुन्।

भदौ ६ गते गणेशमान चारनाथ नगरपालिका–६ मा मोबाइल पसलमा भएको चोरी प्रकरणमा संलग्न ३ जनालाई पक्राउ गरी चोरी भएका मोबाईलसहितका सामग्री बरामद गर्नुदेखि भदौ २४ गते देशव्यापी JEN-Z आन्दोलनका क्रममा मातहतका ६ प्रहरी कार्यालय सुरक्षित राख्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी, भदौ ३१ गते विदेह नगरपालिका–३ मा रहेको भगवती फिक्स इँटा भट्ठाबाट ४७५ किलो गाँजा बरामद गरी गाडी सहित १ जनालाई नियन्त्रणमा लिएका थिए। आन्दोलनकै क्रममा भागेका कैदीमध्ये ५ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा पु¥याउने कार्यमा समेत यादवको सक्रियता देखिएको थियो।

प्रहरी निरीक्षक यादवको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय