रौतहट प्रहरी कार्यालयमा उच्चस्तरीय टोलीको अनुगमन, शान्ति–सुरक्षा बलियो पार्ने प्रतिबद्धता

रौतहट । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार के.सी.को नेतृत्वमा आएको उच्चस्तरीय टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन सम्पन्न गरेको छ ।

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” अन्तर्गत भएको उक्त निरीक्षणमा डिआईजी उमा प्रसाद चतुर्वेदीसहितको टोलीको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा एआईजी डा. के.सी.ले संगठनको निर्देशनअनुसार शिस्तबद्ध र दक्षतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी सेवामा पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीका अनुसार टोलीले कार्यालयका समग्र गतिविधि, भौतिक संरचना, प्रशासनिक कार्यसम्पादन र सार्वजनिक सुरक्षा व्यवस्थाबारे मूल्याङ्कन गरेको छ ।

स्थानीय तहका प्रतिनिधि र सरोकारवालाले पनि यो निरीक्षणलाई जिल्लामा शान्ति–सुरक्षा मजबुत बनाउन र प्रहरी सेवामा सुधार ल्याउन सकारात्मक कदमका रूपमा लिएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय