बारामा वडाध्यक्षद्वारा शिक्षक कुटपिट, भिडियो सार्वजनिक

बारा । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई कार्यालयमै बन्धक बनाएर कुटपिट गरेको घटनाको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा वडाध्यक्षसहित करिब आठ जनाले शिक्षक नागेश्वर यादवमाथि निर्घात प्रहार गरेको देखिन्छ। यादव पर्साको बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका छन्। आरोप अनुसार, मदिरा सेवन गरेका व्यक्तिहरूले उनलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेका हुन् ।

शिक्षक यादवले घटनाबारे स्पष्टीकरण दिँदै एक विद्यार्थीलाई परीक्षा तयारीका लागि बोलाएको मात्र बताए । उनका अनुसार, सो विद्यार्थी पहिले देखि नै आफूसँग कोचिङ पढ्दै आएको थियो। तर भिडियोमा देखिएझैं त्यहाँ उपस्थित अन्य व्यक्तिहरूले “तिमी राम्रो शिक्षक भएको भए बच्चालाई घर पठाउँथ्यौ” भन्दै झापड हानेर कुटपिट सुरु गरेका छन् ।

उक्त घटना बाहिरिएपछि नेकपा माओवादी केन्द्रले वडाध्यक्ष कुशवाहालाई छ महिनाका लागि पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ ।

https://www.facebook.com/share/v/171soV78qk/

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय