लिजा मूल्याङ्कनमा ब्रह्मपुरी चौथो स्थानमा

सर्लाही । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) २०७८/७९ को नतिजामा ब्रह्मपुरी गाउँपालिका चौथो स्थानमा परेको छ ।

गाउँपालिकाले यो उपलब्धिलाई सामूहिक प्रयास र समर्पणको परिणाम बताएको छ । अध्यक्ष राम पदारथ साह तेली र उपाध्यक्ष श्याम कला यादवको नेतृत्व, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत र कर्मचारीहरूको निरन्तर मेहनत यसमा निर्णायक बनेको जनप्रतिनिधिहरूको भनाइ छ ।

“सबैको सकारात्मक सोच र एकताले ब्रह्मपुरी आज यो स्थानमा पुगेको हो,” जनप्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन् ।

विश्लेषकहरूले यो नतिजाले गाउँपालिकाको सेवा गुणस्तर सुधार र विकास कार्यमा थप ऊर्जा भर्ने बताएका छन् ।

अरोज यादव

लेखकको बारेमा

अरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय