रौतहट । गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक गौर नगरपालिका–२ की करिब २६ वर्षीया रुवी शाह सुडी हुन् ।
रुवी माधवनारायण नगरपालिका–६ की मूल निवासी हुन् र विवाहपछि भारत बस्दै आएकी थिइन् । उनी ४ वर्षीय छोरालाई पढाउनको लागि गौर–महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् ।
शव सुटकेसमा कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ। डीएसपी राजु कार्कीका अनुसार नाकबाट रगत बाहिरिएको देखिएको भए पनि शरीरमा कुनै चोट छैन ।
मृतकका परिवार र उनका पति घटनास्थलमा प्रहरीसँग सम्पर्कमा आएका छन् । प्रहरीले घटनाको पूर्ण विवरण र कारण पत्ता लगाउन प्रयास गरिरहेको छ ।



