चन्द्रनगरका पूर्व प्रशासकीय अधिकृतको आरोप– “नेपालकै सबैभन्दा भ्रस्ट अध्यक्ष राजकुमार महतो”

राजेन्द्र बिश्वकर्मा,सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोमाथि गम्भीर आरोप लागेका छन्। गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले महतोलाई “नेपालकै सबैभन्दा भ्रस्ट अध्यक्ष” को संज्ञा दिएका हुन्।

पालले धड्कन एफएमको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भिडियोमार्फत महतोको नेतृत्वमा पालिकामा अनगिन्ती भ्रष्टाचार भएका दाबी गरेका छन्। उनले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि पनि ठूलो भ्रष्टाचारी भएको आरोप लगाएका छन्।

“नेपालको सबैभन्दा भ्रस्ट अध्यक्ष राजकुमार महतो हुन्। र त्यसभन्दा ठूलो भ्रस्टाचारी तत्कालीन संघीय मन्त्री राजकुमार गुप्ता हुन्,” पालले भिडियोमा भनेका छन्।

पूर्व प्रशासकीय अधिकृत पालका अनुसार महतोसँग काम गर्न असहज भएपछि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको माग गरेका थिए। सोही क्रममा उनको सरुवा भएको र त्यतिबेला मन्त्रालयको नेतृत्व गुप्ताले गरिरहेको पनि उनले स्मरण गराएका छन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय