माइतीघरमा जसपाको प्रदर्शन : डेढ दर्जन नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते

काठमाडौं । गौर नरसंहारसम्बन्धी सर्वोच्च अदालतको परमादेशविरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रदर्शनका क्रममा भएको प्रहरी हस्तक्षेपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

पक्राउ पर्नेहरूमध्ये जसपा नेपालका प्रवक्ता तथा मधेश प्रदेश सदस्य मनिष कुमार सुमन, कार्यकारिणी समिति सदस्य किरण साह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, दिनेश यादव (सप्तरी), विद्यार्थी युनियन नेपालका महासचिव बलराम कापरी, कार्यालय सचिव मुकेश यादव, हंसा साह (सुनसरी), पूर्व प्रदेश सभा सदस्य बिन्देश्वर यादव (विक्की), स्मिता यादव, विद्यार्थी युनियन उपाध्यक्ष ललन यादव (रौतहट) र भोगेन्द्र यादव (मोरंग) रहेका छन् ।

प्रहरी वृत सिंहदरबारले पक्राउ गरेका उनीहरू काठमाडौंको माइतीघर र बबरमहल क्षेत्रमा मसाल जुलुस गर्दै प्रदर्शन गरिरहेका बेला नियन्त्रणमा लिएको हो ।

यस क्रममा भएको झडपमा प्रवक्ता सुमनसहित दिनेश यादव, बिन्देश्वर यादव (विक्की), ललन यादव र अध्यक्ष मनिष यादव घाइते भएका जसपाले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय