जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दू धर्मावलम्बीलाई लक्षित गर्दै गाली–गलौज र धम्की दिने भिडियो सार्वजनिक गर्दै आएका २३ वर्षीय इरसाद खानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहका अनुसार, खानलाई बिहीबार जनकपुरधामबाट नियन्त्रणमा लिइएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–५ का समिम खानका छोरा इरसादले ‘गुन्डा’ नामको टिकटक आइडी प्रयोग गर्दै हिन्दू धर्मावलम्बीलाई अपमानजनक शब्द प्रयोग गर्ने मात्र नभई मार्ने धम्कीसमेत दिने भिडियोहरू सार्वजनिक गर्दै आएका थिए ।
खान विदेशमा रहेका बेला समेत हिन्दू धर्मावलम्बीलाई टार्गेट गर्दै गैरसामाजिक वक्तव्य र छाडा गतिविधि गर्दै आएको तथ्य खुलेको छ । अहिले प्रहरीले उनको मोबाइल र सामाजिक सञ्जाल गतिविधिको डिजिटल विश्लेषण सुरु गरेको छ ।
प्रहरीका अनुसार, यो घटनाले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने सामग्रीबारे निगरानी र कानुनी कारबाही कडाइका साथ गर्नुपर्ने आवश्यकता पुनः पुष्टि गरेको छ ।



