सर्लाही । सर्लाहीको बसबरियामा दुईजनाले एक युवकलाई हातपात गर्दै लुटपाट गरेका छन् ।
बसबरिया गाउँपालिका –५ धनगढा टोलका ३० वर्षीय कौशल किशोर यादवले इलाका प्रहरी कार्यालय बरहथवामा दिएको निवेदन अनुसार सोमबार राति करिब ८:३० बजे विनगरा स्थित फुपूको घरबाट फर्किँदै गर्दा चक्रघट्टा गाउँपालिका अन्तर्गत शिवनगर र पोखरिया बीचको सडकमा पल्सर मोटरसाइकलमा आएका दुईजनाले उनको बाटो रोकि कुटपिट गर्दै धम्की दिएका थिए ।
नकाब लगाएका ती व्यक्तिले यादवसँग रहेको नगद १० हजार रुपैयाँ र पाँच आना तौलको सुनको हनुमानी लुटपाट गरी फरार भएको उल्लेख छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।



