सर्लाही । सर्लाहीका क्रियाशील पत्रकार प्रकाश मैनालीले आफ्नो जन्मदिन सामाजिक सेवामा समर्पण गर्दै राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमा मनाएका छन्।
जन्मदिनको अवसर पारेर मैनालीले गुरुकुल सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेका हुन्। गुरुकुलका शिक्षक, विद्यार्थी र व्यवस्थापन पक्षले मैनालीको योगदानप्रति खुशी व्यक्त गर्दै कृतज्ञता जनाएका छन्।
हाल मैनाली सामुदायिक रेडियो एकताको स्टेशन म्यानेजर, सर्लाहीबाट प्रकाशित हुने उज्यालो अभियान दैनिक का प्रकाशक तथा हिमालय टाइम्स राष्ट्रिय दैनिकका संवाददाता हुन्। साथै, उनी ईमेज टेलिभिजनका लागि समेत समाचार संकलन गर्दै आएका छन्।
पत्रकारिता क्षेत्रमा सक्रिय मैनाली नेपाल पत्रकार महासंघ मधेस प्रदेश परिषद्का सदस्य, आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष तथा बिपी सामुदायिक पुस्तकालय ईश्वरपुरका अध्यक्ष समेत हुन्।
सामाजिक उत्तरदायित्वमा निरन्तर सक्रिय मैनालीले आफ्नो जन्मदिनलाई सेवामूलक कार्यमा रुपान्तरण गरेर उदाहरण पेश गरेका छन्।



