पूर्व लोसपा महामन्त्री देवेन्द्र यादव कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य बन्ने तयारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले यादवलाई सदस्यता प्रदान गर्दै औपचारिक स्वागत गरे ।

तत्कालीन सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टी र त्यसपछि लोसपामा सक्रिय रहेका यादव पछिल्लो समय राजनीतिक रूपमा निष्क्रिय थिए । कांग्रेसमा प्रवेश गर्नुअघि यादवको कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँग विस्तृत संवाद भएको बताइन्छ ।

कांग्रेस नेतृत्वका अनुसार यादवलाई छिट्टै केन्द्रीय सदस्यको जिम्मेवारी दिइने तयारी भइरहेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय