दुम्सी मारेर लैजाँदै गरेका चार जना पक्राउ

सर्लाही । पूर्व – पश्चिम राजमार्गअन्तर्गत सर्लाही र महोत्तरीको बीच सडकखण्डमा अवैध रूपमा दुम्सी मारेर लैजाँदै गरेका चार जनालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झा जनकपुरबाट सर्लाहीतर्फ आउँदै गरेको क्रममा बुधबार राति करिब साँढे ९ बजे बाँकेतर्फ जाँदै गरेका बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरका दुई मोटरसाइकललाई शंकास्पद देखेर चेकजाँच गरेका थिए ।

जाँच गर्दा ती मोटरसाइकलमा चार वटा ठूला र दुई वटा साना गरी छ वटा दुम्सी मारिएको अवस्थामा फेला परेको उनले बताए । पक्राउ परेकासँग कोदालो, बेल्चा, गल/खन्ती र हँसिया लगायतका घरेलु हातहतियार समेत बरामद भएको वन कार्यालयले जनाएको छ ।

उनीहरूलाई दुई मोटरसाइकलसहित सब डिभिजन वन कार्यालय लक्ष्मिनिया हुँदै आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय महोत्तरीमा बुझाइएको छ । वन ऐनअनुसार अनुमति बिना वन्यजन्तु मार्ने वा लैजाने कार्य कानूनी अपराध मानिन्छ र यसमा कैद तथा जरिवानाको सजायको व्यवस्था छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर