कैलाली कारागारमा पुनः झडप, दर्जनौँ घाइते, एकको मृत्यु आशंका

कैलाली । जिल्ला कारागार कैलालीमा शुक्रबार राति पुनः कैदीबन्दीबीच भीषण झडप भएको छ । करिब एक महिनादेखि निरन्तर हुँदै आएको विवाद शुक्रबार राति फेरि हिंसात्मक रुप लिँदा दर्जनौँ कैदीबन्दी घाइते भएका छन् । एक जनाको मृत्यु भएको आशंका गरिए पनि जिल्ला प्रहरी कार्यालयले आधिकारिक पुष्टि गरेको छैन ।

घाइतेलाई तत्कालै सेती प्रादेशिक अस्पताल पुर्याइएको छ भने कारागार र अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीय स्रोतका अनुसार पछिल्ला हप्तादेखि कारागारभित्र आपसी गुटबन्दी, जेलर परिवर्तन र वर्चस्व संघर्षका कारण पटक–पटक झडप भइरहेको छ । तर शुक्रबारको घटना अघिल्लाभन्दा बढी हिंसात्मक भएको बताइन्छ ।

यसअघि बिहीबार साँझ पनि कारागारभित्र झडप हुँदा ५ कैदीबन्दी घाइते भएका थिए, जसमा एकजनाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय