पर्सा । पर्सा जिल्लामा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पर्सागढी नगरपालिका–९, एकटांगाका ३४ वर्षीय जगमोहन यादवलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले पटेर्वा सुगौली गाउँपालिका–४, करबोलाबाट पक्राउ गरेको हो।
प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, यादव मोटरसाइकल (बिआर ०५ एजी ६८०५) मा गाँजा लुकाएर लैजाँदै थिए। प्रहरीले मोटरसाइकलको सिटमुनि र यादवको शरीरमा गाँजा लुकेको अवस्थामा ८ किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।
पक्राउ परेका यादवलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गर्दैछ।



