सर्लाहीमा पुरानो पक्की घर भत्किँदा ६ वर्षीय बालकको ज्यान गयो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलमा बुधबार दिउँसो एक पुरानो दुई तल्ले पक्की घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु भएको छ।

गौतम माझीका छोरा अरुण माझी आफ्नै घरको आँगनमा खेलिरहेको समयमा अचानक नबिन सिंहको पुरानो घर भत्किँदा उनी माटोको ढिस्कोमा च्यापिएका थिए। गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

घटनापछि प्रहरी चौकी नाढिमनबाट खटिएको टोली र इप्रका केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबी सहितको प्रहरी टोली उद्धारमा खटिएको छ। घटनास्थल प्रहरी चौकी नाढिमनबाट करिब ४ किलोमिटर दक्षिण पर्छ।

अन्य व्यक्तिहरू पनि माटोमा च्यापिएको हुन सक्ने आशंकामा प्रहरीको टोलीले पुरिएको संरचना हटाउने र सम्भावित पीडितको खोजतलास कार्य जारी राखेको जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले जीर्ण संरचनामाथि समयमै ध्यान नदिँदा यस्ता दुर्घटना भइरहने भन्दै गुनासो व्यक्त गरेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय