चितवनमा जंगली हात्तीको आक्रमण, ड्युटीबाट फर्किंदै गरेका सैनिक गम्भीर घाइते

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको सौराहा नजिकै बुधबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक सैनिक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा नेपाली सेना कछुवानी पोस्टमा कार्यरत ३८ वर्षीय नन्दबहादुर सिंह रहेका छन्। सशस्त्र टोली मचानबाट ड्युटी सकेर फर्कँदै गर्दा ‘गोविन्दे’ नामको जंगली हात्तीले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको स्रोतले जनाएको छ।

सिंहमाथि हात्तीले आक्रमण गर्नेबित्तिकै सुरक्षाकर्मीहरूले हवाई फायर गरेका थिए। सेनाले तीन राउन्ड हवाई फायर गरेपछि हात्ती जंगलतर्फ फर्किएको थियो।

सिंहको रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार भइरहेको छ।
निकुञ्ज स्रोतका अनुसार यसअघि पनि ‘मकुना’ नामको हात्ती सेनामाथि आक्रमण गर्न खोज्दा गोली लागेर मृत्यु भएको थियो।

निकुञ्ज क्षेत्र नजिकै हात्ती आतंक बढेसँगै सुरक्षाकर्मी सतर्क अवस्थामा रहेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय