सुखाग्रस्त घोषणापछि गोडैताको कदम : नगरवासीलाई मालपोत करमा छुट

सर्लाही । सरकारले मधेश प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरेसँगै गोडैता नगरपालिकाले राहतस्वरूप मालपोत कर निःशुल्क गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख देवेन्द्र कुमार यादवका अनुसार साउन ११ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि गोडैता नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण मालपोत कर मिनाहा गर्ने निर्णय गरेको हो ।

प्राकृतिक प्रकोपका कारण कृषिमा पर्न गएको असरलाई मध्यनजर गर्दै नगरवासीलाई आर्थिक राहत पुर्‍याउने उद्देश्यले निर्णय गरिएको नगरप्रमुख यादवले जानकारी दिए । उनले सुखाग्रस्त घोषणा भएपछि नगरका कृषकहरूलाई लक्षित गर्दै सिँचाइको व्यवस्था समेत वडा कार्यालयमार्फत मिलाइने बताए ।

‘सुखाग्रस्तको मार खेपिरहेका कृषक र सर्वसाधारणलाई राहत पुर्‍याउने यो प्रयास हो,’ यादवले भने, ‘आगामी दिनमा पनि पीडितका लागि आवश्यक थप कार्यक्रमहरू अगाडि बढाइनेछ ।’

नगरपालिकाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको हितका लागि आवश्यक राहत र विकास कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय