सर्लाहीमा स्कुल बसले किच्दा एक बिद्यार्थीको मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा स्कुल बसले किचेर पाँच वर्षीया बालिकाको ज्यान गएको छ ।

टेमुको एकेडेमीमा अध्ययनरत बालिका स्कुल बिदापछि घर फर्कने क्रममा बसबाट झर्दै गर्दा पछाडिको चक्काले किचिएको हो । गम्भीर अवस्थामा रहेकी बालिकालाई उपचारका लागि बयलवासस्थित जिवन नारायण अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालिका सोही वडाका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतो हुन् ।

दुर्घटनापछि बस चालक फरार भएका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय नोकेल्वा, भक्तीपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटिएको थियो । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय